२०८२ वैशाख २ गते मङ्गलवार / Apr 15 , 2025 , Tuesday
२०८२ वैशाख २ गते मङ्गलवार
Ads

परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा

draupadi film
मध्यान्ह
२०८१ चैत ३१ गते १९:२५
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा

इलाम : नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगेका छन् ।

परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उनीहरु आज अपराह्न  कन्याम आइपुगेका हुन् ।

परराष्ट्रमन्त्री डा राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, १५ देशका राजदूतलागयत ४५ जना उच्च अधिकारीले आज कन्याम भ्रमण गरेका हुन् । टोलीलाई नगरपालिकाले कन्यामम स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पुर्‍याएको छ । अतिथिलाई कन्याममा पञ्चैबाजाले स्वागत गरिएको थियो । 

परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत राजदूतलाई मुलुकका पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो । प्रतिनिधिमण्डलमा इजिप्ट, दक्षिण कोरिया, युके, स्वीट्जल्याण्ड, थाइल्याण्ड, अष्ट्रेलिया, फ्रान्स, इजरायल, जापानका राजदूत छन् ।

ADV

सम्बन्धित खबर

Advertise