२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

बागलुङ बहुउद्देश्यीय अक्षयकोषको अधिवेशनमा रेशम र सिम्रनले कतारमा प्रस्तुति दिने

draupadi film
तिलु शर्मा पौडेल
२०८२ वैशाख १ गते २१:०७
बागलुङ बहुउद्देश्यीय अक्षयकोषको अधिवेशनमा रेशम र सिम्रनले कतारमा प्रस्तुति दिने

दोहा कतार : बागलुङमा जन्मेर कतारमा विभिन्न पेसा तथा व्यवसायमा रहेका बागलुङेहरुको सक्रियतामा स्थापित “बागलुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोष”को प्रथम अधिवेशन आउँदो शुक्रबार हुने भएको छ । बागलुङ सेवा समाज कतारको संस्थागत संरक्षकत्वमा स्थापित कोषको अधिवेशन शुक्रबार मुन्तजामा रहेको होटेल होलिडे भिल्लामा मध्यान्ह १२ बजेबाट सांगीतिक प्रस्तुतिसहित हुने भएको छ ।

अधिवेशनमा सांगीतिक प्रस्तुति दिन अतिथि कलाकारका रूपमा नेपालबाट युवा लोक तथा दोहोरी गायक रेशम निर्दोष र भर्षटायल गायिका सिम्रन परियार कतार आउन लागेको अधिवेशन संयोजक रमेश भट्टले मध्यान्हलाई जानकारी दिए । भट्टले कलाकार‍सहित प्रमुख अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल कतार आउन लागेको बताए ।

अक्षयकोषका लागि हालसम्म ४५ लाख भन्दा बढी रकम संकलन भइसकेको र यसलाई एक करोड पुर्‍याउने लक्ष्यसहित अभियान र अधिवेशनको तयारीलाई तीव्रता दिइएको अक्षयकोषका तदर्थ समितिका संयोजक सन्तोष पौडेलले बताए । पौडेलले बागलुङ जिल्लामा कोही पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस्, कुनै पनि नागरिक औषधि उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने नै मुख्य उद्देश्यले कोष स्थापना गरिएको स्पष्ट पारे । उनले कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पुर्‍याइएको समेत बताए । निःशुल्क प्रवेश गर्न सकिने अधिवेशनलाई सफल बनाइदिन संयोजक पौडेलले आग्रह गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise