२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

आजदेखि राजविराजमा मधेश प्रिमियर लिग प्रतियोगिता हुँदै

shivam cement
मध्यान्ह
२०८२ वैशाख २ गते ०८:४०
आजदेखि राजविराजमा मधेश प्रिमियर लिग प्रतियोगिता हुँदै

सप्तरी : मधेश प्रिमियर लिग (एमपिएल) को तेस्रो संस्करणको तयारी पूरा भएको छ । आजदेखि सुरु हुने प्रतियोगिताको अन्तिम तयारी सम्पन्न भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगिताको मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आज बिहान ११ बजे राजविराजस्थित पवि माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको उद्घाटन गनेछ । उद्घाटन खेलमा छिन्नमस्ता रुपनी मधेश राइडर्स र कोसी दुहबी क्यापिटलले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कूल छ वटा समूहले प्रतिस्पर्धा गर्ने आयोजक एमपिएलका अध्यक्ष इञ्जिनियर सञ्जीनारायण यादवले जानकारी दिए ।

उद्घाटनका दिन एउटा मात्र खेल हुने जनाउँदै उनले यशी वैशाख ८ गतेसम्म दैनिक दुई वटाका दरले खेल हुने एमपिएलका उपाध्यक्ष तीर्थ दासले बताए । वैशाख १० गते सेमिफाइनलका दुवै खेल र ११ गते फाइनल प्रतियोगिता हुने कार्यकारी निर्देशक पवन दासले जानकारी दिए । उनका अनुसार लिग चरणका १५, दुई वटा सेमिफाइनल र एउटा फाइनल गरी कूल १८ खेल हुनेछन् ।

प्रतियोगिताको उपाधि जित्ने टिमलाई रु. नौ लाख एक हजार र उपविजेतालाई रु. चार लाखसहित शिल्ड प्रदान गरिने उनले बताए । प्रतियोगिताका सबै खेल पवि माविकै खेल मैदानमा हुनेछन् । प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलसन झा, बसिर अहमद, नन्दन यादव, विवेक यादव, आरिफ शेख, ललित राजबन्सीसहितका खेलाडी विभिन्न टिममा आबद्ध रहने प्रतियोगिताका दासले जानकारी दिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise