सङ्खुवासभा : जिल्लाको खाँदबारी नगरपालिका-९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका ४ जना घाइते भएका छन् ।
सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी-९ साठीमुरेमा एक परिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते जनाउँदै उनले घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको बताए । उपचाररत चारै जना खतरामुक्त रहेका अस्पतालले जनाएको छ ।