२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

मुस्ताङका पालिकालाई अपांगतासम्बन्धी सहायता सामग्री हस्तान्तरण

draupadi film
मध्यान्ह
२०८२ वैशाख २ गते १०:२३
मुस्ताङका पालिकालाई अपांगतासम्बन्धी सहायता सामग्री हस्तान्तरण

मुस्ताङ : यहाँका पालिकालाई अपांगतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरिएको छ । शारीरिक रूपमा अशक्त, अपांगता भएका र हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी जिल्लास्थित सामाजिक विकास कार्यालयले सोमबार अपांगता सहायता सामग्री हस्तान्तरण गरेको हो ।

घरपझोङ गाउँपालिका कार्यालयमा जिल्लाका पाँचै वटा पालिकालाई आवश्यकताका आधारमा सामाजिक विकास कार्यालयले अपांगतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरेको कार्यालयका प्रमुख रेवतीरमण सापकोटाले जानकारी दिए । उनका अनुसार चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअनुसार शारीरिक रूपले हिँडडुल गर्न नसक्ने अशक्त व्यक्तिको सुविधाका लागि चार किसिमका अपांगतासम्बन्धी सहायता सहायता सामग्री हस्तान्तरण गरी पालिकालाई जिम्मा लगाइएको छ ।

फोल्डिङ लौरी, इअर सेट, ह्विलचियर र चर्पी चियर हस्तान्तरण गरिएको सापकोटाले जानकारी दिए । उनका अनुसार घरपझोङले फोल्डिङ लौरी ३७ थान, इअर सेट सात थान, ह्विलचियर पाँच थान र चर्पी चियर आठ थान, थासाङ गाउँपालिकाले फोल्डिङ लौरी २० थान, इअर सेट चार थान, ह्वील चियर दुई थान र चर्पी चियर दुई थान पाएका छन् । 

बारागुङ मुक्त क्षेत्रले फोल्डिङ लौरी १० थान, इअर सेट तीन थान, ह्विलचियर दुई र चर्पी चियर दुई थान, लोमान्थाङ गाउँपालिकाले फोल्डिङ लौरी १२ थान, इअर सेट तीन थान, ह्विलचियर दुई थान र चर्पी चियर दुई थान तथा लोघेकर दामोदरकुण्ड गाउँपालिकाले फोल्डिङ लौरी १० थान, इअर सेट तीन थान, ह्विलचियर एक थान र चर्पी चियर दुई थान प्राप्त गरेका जनाइएको छ ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकीका सचिव नवराज ढकाल, जिल्ला समन्वय समिति प्रमुख माया गुरुङ, सामाजिक विकास कार्यालयका प्रमुख सापकोटालगायतले यहाँका पालिकालाई ती सामग्री हस्तान्तरण गरेका थिए । 

ADV

सम्बन्धित खबर

Advertise