काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिइएको छ ।
कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. केसीलाई अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।
कुलपति ओलीले प्रा.डा. केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका हुन् । पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो ।
यसअघि प्रा.डा. केशरजंग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि उक्त पद खाली थियो ।
गत बिहिबार कुलपति ओलीले उपकुलपति बरालले चैत १५ गते दिएको राजीनामा स्वीकृत गरेका थिए ।