२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

बार्सिलोनामा जनसम्पर्क समितिद्वारा नयाँ वर्षमा विविध कार्यक्रम, पशुपति शर्माको प्रस्तुति प्रमुख आकर्षण

shivam cement
२०८२ वैशाख २ गते १६:१४
Shares
बार्सिलोनामा जनसम्पर्क समितिद्वारा नयाँ वर्षमा विविध कार्यक्रम, पशुपति शर्माको प्रस्तुति प्रमुख आकर्षण

स्पेनको दोस्रो ठूलो शहर बार्सिलोनामा नेपाली जनसम्पर्क समितिले नयाँ वर्षको अवसरमा विविध कार्यक्रमहरू आयोजना गर्ने भएको छ । हरेक वर्ष झैँ यस वर्ष पनि शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिने समितिले जनाएको छ। यस पटक भने समितिले केही रचनात्मक र नयाँ कार्यक्रमको सुरुवात गर्ने तयारी गरेको छ ।

समितिका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसँगै बार्सिलोनामा नयाँ आएका नेपालीहरूका लागि विशेष कार्यक्रमहरू समेत समावेश गरिनेछ ।

कार्यक्रमको प्रमुख आकर्षणको रूपमा चर्चित लोकगायक पशुपति शर्माले आफ्नो प्रस्तुति दिने भएका छन्। हाल युरोप भ्रमणमा रहेका शर्माले यही बिहीबार साँझ बार्सिलोनाको Carrer Rector Triadó 53 मा आयोजना हुने कार्यक्रममा सहभागी नेपालीहरूलाई आफ्ना लोकप्रिय गीतमार्फत मनोरञ्जन दिनेछन् । 

कार्यक्रममा प्रवेश निःशुल्क रहेको समितिले जानकारी दिएको छ ।

त्यसैगरी, हालै सम्पन्न ४५ घण्टे आधारभूत नेपाली भाषा कक्षामा सहभागी भएकाहरुलाई प्रमाणपत्र वितरण गरिनेछ। साथै, नेपाली जनसम्पर्क समितिले यही आउँदो मे २०२५ देखि आधारभूत कामारेरो (वेटर) तालिम पनि सञ्चालन गर्ने योजना बनाएको छ ।

यस तालिममा रेस्टुरेन्ट तथा बार क्षेत्रमा काम गर्न चाहने नव आगन्तुकहरूले सहभागी हुन सक्नेछन्। तालिममा भर्ना हुनका लागि कार्यक्रमकै दिन उपस्थित भई फाराम भरेर आफ्नो सिट सुरक्षित गर्न सकिनेछ। उक्त तालिमका लागि २५ युरो शुल्क तोकिएको छ। कक्षा प्रत्येक हप्ता मंगलबार र बिहीबार बिहान १० बजेदेखि १२ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रमको अर्को विशेष पक्षका रूपमा, “आवश्यकतामा विशेष कार्यक्रम” अन्तर्गत ५० प्रति “एल स्पान्योल” नामक पुस्तक निःशुल्क वितरण गरिनेछ। उक्त पुस्तकका लेखक रामकृष्ण पुडासैनी हुन्, जसले यसअघि अनलाइन निःशुल्क भाषा कक्षा सञ्चालन गरेका थिए।

समितिले यस कार्यक्रममार्फत प्रवासमा रहेका नेपालीहरूको मनोबल अभिवृद्धि र आत्मसशक्तिकरणमा सहयोग पुर्‍याउने उद्देश्य लिएको जनाएको छ।

सम्बन्धित खबर