२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

हात्ती आतंकले मकै बाली नष्ट

draupadi film
घनश्याम बलम्पाकी
२०८२ वैशाख २ गते १६:४१
हात्ती आतंकले मकै बाली नष्ट

सर्लाही : सर्लाहीको हरिपुर नगरपालिका -१, मा जंगली हात्तीले स्थानीय किसानको मकै बाली नष्ट पारेको छ । ३ वटाको संख्यामा आएको जंगली हात्तीले धनबहादुर पाँडे, अशोक विमली, मदन मैनाली, बिन्देश्वर रामलगायत किसानको मकै बाली नष्ट पारेको हरिपुर वडा नम्बर १ का वाडाध्यक्ष नानीबाबु थापाले जानकारी दिए ।

दिनभरि जानकीनगर र मुर्तिया जंगलमा बस्ने जंगली हात्तीले रात परेपछि बस्तीमा छिरेर मकै खाने र बाली कुल्चिएर नष्ट पार्ने गरेको स्थानीय किसान मदन मैनालीले गुनासो गरे । हात्तीले दुःख दिन थालेपछि किसानहरूले तत्कालै  नियन्त्रणका लागि सवडिभिजन वन कार्यालय जानकीनगरसँग आग्रह गरेका छन् । 

जंगली हात्ती नियन्त्रण गर्न सजिलो नहुने भएकाले सावधानी अपनाउन डिभिजन वन कार्यालयले अनुरोध  गरेको छ ।

जंगली हात्तीले नोक्सान पुर्‍याएको बालीको क्षतिपूर्ति सरकारले उपलब्ध गराउनुपर्ने  किसानहरूको माग छ । बासस्थानमा जाने क्रममा जंगली हात्तीले बाटो परेका केही अन्न बाली नोक्सान गरेपनि त्यसलाई जिस्काउन नहुने डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष कुमार झाले बताए ।

ADV

सम्बन्धित खबर

Advertise