२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

‘शिक्षकका मागप्रति सरकार गम्भीर छ’

Nada
२०८२ वैशाख २ गते १७:४४
Shares
‘शिक्षकका मागप्रति सरकार गम्भीर छ’

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताएका छन् । नेपाल शिक्षक महासंघ संखुवासभाको टोलीसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले शिक्षकका मागका सम्बन्धमा सरकारले सरोकारवालासँग छलफल गरी सम्बोधन गर्ने बताएका हुन् ।

ncell

“शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकहरुको पनि सुझाव र सल्लाह आवश्यक छ, शिक्षामन्त्री तथा मन्त्रिपरिषद्समक्ष यो विषयमा छलफल गर्नेछु”, उनले भने ।

उनले अहिले विभिन्न ऐन निर्माणका  लागि छलफलकै क्रममा रहेको उल्लेख गर्दै सरकार समयसापेक्ष ऐन निर्माणमा लागेको बताए । 

नेपाल शिक्षक महासंघ संखुवासभाका अध्यक्ष शेरबहादुर पुरीले शिक्षकका २४ बुँदे मागका सम्बन्धमा पहलका लागि आग्रह गरे । नेपाल शिक्षक संघ संखुवासभाका संघीय प्रतिनिधि दिव्यराज अधिकारीले यो शिक्षकको मात्रै आन्दोलनमात्र नभई शैक्षिक आन्दोलन भएको बताए । 

शिक्षकहरुले विद्यालयमा कर्मचारी दरबन्दी कायम गर्नुपर्ने, बालविकास कक्षा विद्यालय शिक्षाअन्तर्गत ल्याउनुपर्ने, शिक्षक बढुवा नियमित हुनुपर्ने, आन्तरिक प्रतिस्पर्धा गर्न पाउनुपर्ने, शिक्षक ग्रेड बढाउनुपर्ने, सेवा प्रवेशको समय ४० वर्ष कायम हुनुपर्नेलगायतका माग राखेका छन् ।

सम्बन्धित खबर