सप्तरी : सप्तरी बोदेबसाइन नगरपालिका–५ बजारस्थित हरिशंकर मन्दिरको प्राङ्गणमा सामुदायिक भवन निर्माण हुने भएको छ । मधेश प्रदेश सरकारको सहयोगमा निर्माण हुने उक्त सामुदायिक भवनको एक कार्यक्रमकाबीच मधेश प्रदेशसभा सदस्य अनिरुद्व कुमार सिंहले शिलान्यास गरेका छन् ।
सामुदायिक भवन शिलान्यास कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष मोजिबुर रहमान, स्थानीय नेता खगेन्द्र प्रसाद यादव, व्यवसायी प्रमोद साह, राधेश्याम भगत, प्राविधिक इन्जिनियर रुद्र नारायण पण्डित, सबइन्जिनियर अजयकुमार चौधरी लगायतको उपस्थिति रहेको थियो ।
मधेश प्रदेश सरकारको ३० लाखको लागतमा मन्दिर प्राङ्गणमा सामुदायिक भवन निर्माण गरिने उपभोक्ता समितिका अध्यक्ष अनिल प्रसाद सिंहले बताए । भवन निर्माण कार्य आगामी जेठ ३१ भित्र सम्पन्न गरिने उनले जानकारी दिए ।