२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस

draupadi film
मध्यान्ह
२०८२ वैशाख ३ गते ०६:५६
काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौँ : काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।

नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर पाँच म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प आज बिहान ४:०५ बजे गएको हो ।

पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । केन्द्रका अनुसार मंगवार बिहान ४:५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर चार दशमलव चार म्यााग्निच्युडको भूकम्प गएको थियो ।

गत सोमबार राति ९:३१ बजे पनि जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक  म्यााग्निच्युडको भूकम्प गएको थियो ।

कुशे गाउँपालिकाको पैंकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भएन भएकोबारे कुनै विवरण भने प्राप्त भएको छैन । केन्द्रका अनुसार गत चैत २१ गते साँझ  ८:०७ बजे र ८:१० बजे सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प पाँच दशमलव दुई म्यााग्निच्युड र दोस्रो  पाँच दशमलव पाँच म्यााग्निच्युडका थियो । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो ।

चैत २० गते दार्चुलामा चार म्यााग्निच्युडको भूकम्प गएको थियो । चैत १२ गते हुम्लाई केन्द्रबिन्दु बनाएर चार दशमलव पाँच म्यााग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रको वेबसाइटमा उल्लेख छ ।

ADV

सम्बन्धित खबर

Advertise