२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

कस्तो रहला आजको मौसम ?

draupadi film
मध्यान्ह
२०८२ वैशाख ३ गते ०६:५९
कस्तो रहला आजको मौसम ?

काठमाडौँ : हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभरि बदलीको अवस्था छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

बिहानको तुलनामा भने दिउँसो पानी केही बढी पर्नेछ । दिउँसो सबैजसो पहाडी भू-भागहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

तराईका एक दुई स्थानमा पनि वर्षाको सम्भावना छ । साथै उच्च पहाडी भू-भागहरूमा हल्का हिमपातको पनि सम्भावना छ । अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश हुने सम्भावना रहेकाले बिहीबार पहाडी भू-भागहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशका कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना रहेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise