२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा, २३ मा मिलापत्र

draupadi film
मध्यान्ह
२०८२ वैशाख ३ गते ०८:४७
व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा, २३ मा मिलापत्र

तनहुँ : व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा दर्ता भएका छन् । यी चालु आर्थिक वर्ष र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दा हुन् । 

नगरपालिकामा फोहर मैला व्यवस्थापन, लेनदेन, साँध सिमाना विवाद, घर बहाल, कुलो पानी, जग्गा खिचलो, महिला हिंसालगायत मुद्दा दर्ता भएका न्यायिक समितिका संयोजक इन्दिरा दरैले जानकारी दिइन् । 

नगरपालिकाले दर्ता हुन आएका मुद्दामा मेलमिलापलाई प्राथमिकता दिएको बताइन् । अदालती निर्णयभन्दा सहमतिको आधारमा मेलमिलापको माध्यमबाट मुद्दा टुङ्ग्याउने गरेको जानकारी दिइन् । उनले भनिन्, “मेलमिलाप गराउँदा दुवै पक्षले जितेको महसुस गर्न सक्छन्, मेलमिलाप हुनै नसक्ने मुद्दा अदालतमा पठाउने गरेका छौँ ।”

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise