२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

draupadi film
मध्यान्ह
२०८२ वैशाख ३ गते ०९:५५
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका-६ स्थित धौलापानीमा रु. ५७ लाख ६१ हजार लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उक्त आयोजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए ।

कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा पचास घन मिटरको रिजर्भ ट्यांकी र दुई वटा १० घन मिटरका सहायक ट्यांकी निर्माण गरिएको छ । 

लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार  आयोजनाबाट वडाका ३५ परिवार लाभान्वित भएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise