२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

प्रजातन्त्र सेनानी श्रेष्ठको निधन, सभापति देउवाद्वारा समवेदना व्यक्त

draupadi film
मध्यान्ह
२०८२ वैशाख ३ गते १०:५३
प्रजातन्त्र सेनानी श्रेष्ठको निधन, सभापति देउवाद्वारा समवेदना व्यक्त

काठमाडौँ : प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी नेपाली कांग्रेसका नेता श्रेष्ठको मंगलबार राति निधन भएको हो । 

विसं २००७ को जनक्रान्तिमा बन्दीपुरमा भएको संघर्षमा उनले अग्रपङ्क्तिमा रहेर काम गरेका थिए । आजै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।

यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise