२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

वीरेन्द्रनगर र त्रिपुरासुन्दरी नगरपालिकाबीच सम्झौता

draupadi film
पुर्ण कुमार
२०८२ वैशाख ३ गते १५:२०
वीरेन्द्रनगर र त्रिपुरासुन्दरी नगरपालिकाबीच सम्झौता

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाबीच नवीनतम अभ्यास र सेवा प्रवाह सुधारका लागि आपसी साझेदारीमा सिकाइ आदानप्रदानसम्बन्धी सम्झौता भएको छ ।

मंगलबार कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङसहितको टोलीसँग डोल्पा भ्रमणमा पुगेकी वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहन माया ढकालले विकट जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकासँग यस्तो सम्झौता गरेकी हुन् ।

२ पालिकाबीच भएको नजीनतम अभ्यासको आदानप्रदान कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै यसले आपसी सम्बन्धलाई सुदृढ बनाउने प्रमुख ढकालले बताइन् । प्रमुख ढकालले यो सम्झौताले  डोल्पा र सुर्खेतबीचको दुरी घट्ने बताइन् । उनले विगतभन्दा फरक दृष्टिकोणले विकासलाई हेर्नुपर्ने आवश्यकता औंल्याउँदै शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक र पूर्वाधारलाई उच्च प्राथमिकता दिएको उल्लेख गरिन् । उनले भनिन्, ‘सुर्खेत–डोल्पा सडकको पूर्णताले दुबै नगरका लागि आर्थिक र सामाजिक लाभ हुने छ, डोल्पामा भएका असल अभ्यासबाट मलाई सिक्ने अवसर समेत हुने छ ।’

कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाले पञ्चायतकालदेखि संघीय व्यवस्थासम्मका अभ्यासलाई तुलना गर्नुको साटो जनताको आवश्यकताका आधारमा काम गर्नुपर्नेमा जोड दिए ।

आन्तरिक राजस्व शून्य भएकाले योजना कार्यान्वयनमा कठिनाइ रहेको र हाल ५५ करोड जति अनुमानित बजेट रहेको उनले बताए । उनले साझेदारीमार्फत असल अभ्यास सिक्न सुर्खेत जाने योजना रहेको र अन्तरपालिका सम्बन्धले आगामी दिनमा थप मजबुत सम्बन्ध बनाउने विश्वास व्यक्त गरे ।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतका उपप्रमुख निलकण्ठ खनालले साझेदारीबाट निश्चितरूपमा दुबै पालिकाले लाभ पाउने बताए ।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले २०३३ सालमा स्थापना भएको नगरपालिकाले सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिता आवश्यक रहेको उल्लेख गर्दै असल अभ्यासबाट सिकेर अझ सुदृढ बनाउने जानकारी दिए ।

उनका अनुसार वीरेन्द्रनगरमा १५ लाखभन्दा कम लागतका योजना इभिड प्रणालीमार्फत कार्यान्वयनमा ल्याइँदै आएको छ भने खानेपानी, स्वास्थ्य, शिक्षा र सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ । उनले वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरको लक्ष्यसहित योजना अगाडि बढाइएको जानकारी दिए ।
त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर थापाले लामो समयदेखि असल अभ्यासको माध्यमबाट नगरपालिकालाई समृद्ध नगरपालिका बनाएर अनुभव संगालेको वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिहरूको सही र असल सुझावले त्रिपुरासुन्दरी नगरपालिकालाई शैक्षिक क्षेत्रको मात्र नभइ समग्र क्षेत्रको समृद्धिका लागि मार्गदर्शन बन्ने बताए ।

उनीहरूले धर्मिक पर्यटकीय क्षेत्रको प्रवद्र्धन, सडक पूर्वाधार निर्माण र सुशासनका अभ्यासहरू आदानप्रदान गरी स्थानीय तहलाई थप सक्षम बनाउने उद्देश्यका साथ सहकार्य गर्ने प्रतिबद्धता जनाए । 

आपसी सम्झौता कार्यक्रममा कर्णाली प्रदेशसभामकी सभामुख गुरुङसहित कर्णली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री गमता विक, वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिसहित कर्मचारीको टिम तथा त्रिपुरासुन्दरी नगरपालिकाकी उपप्रमुख देवी घर्तीलगायतको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise