काठमाडौं : यूएईबाट नेपाल फर्किएका युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्व्यवहार गर्ने ३ जना प्रहरीलाई कारबाही गरिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार ती युवकमाथि दुर्व्यवहार गर्ने ३ जना प्रहरीलाई विमानस्थल सुरक्षाबाट हटाइएको हो ।
एसएसपी खनालले ३ जनाको जिम्मेवारी खोसेर आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको जानकारीसमेत दिएका छन् ।
दूबईबाट ३१ चैतमा काठमाडौं आएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहारमा परेका थिए ।