२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

हलगोरु पाल्ने किसानलाई पोखरा महानगरको अनुदान

Nada
२०८२ वैशाख ४ गते १०:२४
Shares
हलगोरु पाल्ने किसानलाई पोखरा महानगरको अनुदान

गण्डकी : पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु. १० हजार अनुदान प्रदान गरेको छ ।

ncell

महानगरपालिका क्षेत्रमा हलगोरु पालिरहेका किसानलाई प्रोत्साहन गर्न अनुदान दिइएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । पोखराको भूबनोटका कारण सबै ठाउँमा ट्याक्टर प्रयोग गर्न नसकिने भएकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिइएको उनले बताए ।

गत भदौमा अनुदानसम्बन्धी सार्वजनिक सूचना जारी गरिएकामा ५७० जनाले आवेदन गरेका थिए । महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५५० किसानलाई रकम प्रदान गर्न थालेको हो ।
 

सम्बन्धित खबर