२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

आफूले उद्घाटन गरेको सैलुनमा एसी र इन्भर्टर जोड्न मेयरले तोक लगाएपछि...

draupadi film
मध्यान्ह
२०८२ वैशाख ४ गते १५:१४
आफूले उद्घाटन गरेको सैलुनमा एसी र इन्भर्टर जोड्न मेयरले तोक लगाएपछि...

काठमाडौं : आफैंले उद्घाटन गरेको सैलुनलाई एसी र इन्भर्टर दिने हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको तोकआदेश अहिले विवादमा परेको छ ।

हेटौंडा-४ शितल महलचोकस्थित ‘द नाइन्टिन सलोन’ ले एसी र इन्भर्टरको माग गर्दै दिएको निवेदनमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख लामाले तोक लगाएपछि चौतर्फी विरोध भइरहेको छ ।

वैशाख ३ मा हेटौंडा–४, शितलमहल चोकस्थित दी नाइन्टिन सैलुनमा एसी र इन्भर्टर मागसम्बन्धी पत्र मेयर लामासमक्ष पेस भएको थियो । मेयर लामाले तोक लगाएपछि उक्त निवेदन दर्ता भएको छ ।

मागपत्रमा आर्थिक शाखालाई सम्बोधन गर्दै माग भएको सामग्रीको लागत अनुमान तयार गरिदिनका लागि निर्देश गरिएको छ ।

मेयर लामाको आफन्त नाता पर्ने सैलुनका सञ्चालक सुसन घलानको अनुरोधमा उनी सैलुनको उद्घाटन गर्न गएको सोही क्रममा एसी जडानको लागि सहयोग गर्ने वचन दिएको मागपत्रमा उल्लेख छ ।

गर्मी अत्यधिक भएको र सैलुनमा ग्राहकको भिड बढिरहेकाले आरामदायक सेवा दिन एक थान एसीको आवश्यकता परेको पत्रमा उल्लेख गरिएकाे छ ।

ADV

सम्बन्धित खबर

Advertise