काठमाडौं : उच्च अदालत जनकपुरले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बम्जनलाई सफाइ दिएको छ ।
न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको फैसला बदर गर्दै बम्जनलाई सफाइ दिएको हो ।
न्यायाधीशद्वय भट्ट र भण्डारीको इजलासले गत चैत ६ गते नै रामबहादुरसँगै ज्ञानबहादुर र डिगबहादुर बम्जनलाई सफाइ दिएको हो ।
जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
उनी २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ परेका थिए । र, उनलाई सिन्धुपाल्चोक कारागार चलान गरिएको थियो ।
जिल्ला अदालतले दोषी ठहर गरेपछि उनले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए । उच्च अदालत जनकपुरले उनलाई गत ६ चैतमा निर्दोष ठहर गर्दै जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याएको हो ।