२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

११ अस्पताल बन्द गर्न निर्देशन

मध्यान्ह
२०८२ वैशाख ४ गते १६:४३
११ अस्पताल बन्द गर्न निर्देशन

जनकपुरधाम : सर्लाहीको बरहथवाका ११ निजी अस्पताललाई बन्द गर्न मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् ।

सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डअनुसारका भौतिक संरचना, जनशक्ति व्यवस्थापन, उपकरण औजार, औषधिलगायत व्यवस्थापन नभएका ती अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका हुन् ।

बन्द गर्न निर्देशन दिइएका अस्पतालहरूमा संकटमोचन हेल्थकेयर प्रालि, सञ्जीवनी हस्पिटल प्रालि, हैपीकेयर मेडिकल प्रालि, सर्लाही गोल्डेन हस्पिटल प्रालि, युनिट हस्पिटल प्रालि, भेनस हेल्थ केयर प्रालि, बरहथवा नवजीवन हस्पिटल प्रालि, हनुमन्त हस्पिटल प्रालि, भुवनेश्वर डेन्टल क्लिनिक, जय माँ हेल्थ केयर र बरहथवा पोलिक्लिनिक छन् ।

बरहथवाका स्वास्थ्य संस्थाहरूको अनुगमन क्रममा सेवा सञ्चालन अनुमति नलिएका, कानुनी प्रावधानविपरीत सेवा सञ्चालन अनुमति लिएका, नवीकरण नगराएका र मापदण्डविपरीत सञ्चालनमा रहेका ती अस्पताललाई बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

बन्द गराइएका स्वास्थ्य संस्थालाई कानुनअुसार सेवा सञ्चालन अनुमति लिई, नवीकरण गराई र मापदण्ड पु¥याएर मात्र सञ्चालन गर्न लिखित निर्देशन दिइएको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले बताए ।

यसअघि मुख्यमन्त्री सिंहले सर्लाहीका मलंगवा, नवलपुर, लालबन्दी, हरिवनलगायतका स्थानमा स्वास्थ्यसंस्था अनुगमन गरी सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डविपरीत सञ्चालन भएका अस्पताललाई बन्द गर्ने निर्देशन दिएका थिए ।
 

ADV

सम्बन्धित खबर