काठमाडौँ :कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार भएको छ ।
बिहीबार राती साढे ११ बजे चौधरीलाई लक्षित गरी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
अध्यक्ष चौधरीलाई लक्षित गरी कपिलवस्तुको मायादेवी गाउँपालिका-१ स्थित आफ्नै घरको परिसरमा शौचालय गएर फर्किने क्रममा गोली हो ।
घटनास्थलमा पेस्तोलमा प्रयोग हुने गोलीको खोका भेटिएको छ प्रहरीले जानकारी दिएको छ । अध्यक्ष चौधरी भने सकुशल छन् ।
घटनाबारे अनुसन्धान भइरहेको छ ।