२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

राज्य व्यवस्था समितिलाई कर्मचारी सङ्गठनको ध्यानाकर्षण पत्र

draupadi film
मध्यान्ह
२०८२ वैशाख ५ गते १२:२५
राज्य व्यवस्था समितिलाई कर्मचारी सङ्गठनको ध्यानाकर्षण पत्र

काठमाडौंः निजामती कर्मचारी सङ्गठनहरूको संयुक्त ट्रेड युनियनले ११ बुँदे मागसहित राज्य व्यवस्था तथा सुशासन समितिलाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार सिंहदरबारमा उनीहरूले कर्मचारीका आधारभुत मागहरूलाई सम्बोधन गर्दै तत्काल सङ्घीय निजामती सेवा ऐन ल्याउन माग गर्दै समिति सभापति रामहरि खतिवडालाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै सभापति खतिवडाले राज्यको स्रोत र साधनले भ्याएसम्म कर्मचारीहरूका सुविधाहरूलाई व्यवस्थित गर्नेगरी कानुन ल्याइने प्रतिवद्धता व्यक्त गरे । 

उनले वर्तमान व्यवस्था र संविधान निर्माणमा कर्मचारीहरूको उल्लेखनीय भूमिका रहेको बताउँदै यसको संरक्षण अझ महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे । उनले कर्मचारीहरूको हितमा गर्न सकिने काम गर्ने विश्वास समेत दिलाए ।  

सभापति खतिवडाले भने, ‘निजामती कर्मचारीहरू राज्यको स्रोत र साधनले भ्याएसम्म सुविधाहरूलाई व्यवस्थित गर्ने गरी कानुन ल्याइने प्रतिवद्धता जाहेर गर्न चाहन्छु । राज्यको अवस्थाबारे हामी भन्दा जानकार तपाईंहरू हुनुहुन्छ । यो व्यवस्था र संविधानलाई निर्माण गर्न तपाईंहरूको जति ठूलो भूमिका थियो, यसको संरक्षण गर्न र बचाउन राख्न अझ महत्वपूर्ण भूमिका हुने विश्वास लिएका छौँ । के गर्नसक्छौँ, सक्ने जतिको काम गर्ने विश्वास दिलाउन चाहन्छौँ ।’

निजामती कर्मचारीहरूले राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था हुनुपर्नेसहित विभिन्न सेवा सुविधालाई विधेयकमा समावेश गर्नुपर्ने माग राखेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise