२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

गण्डकी सरकारले विपद् उद्धारका सामग्री एकद्वार प्रणालीमार्फत् हस्तान्तरण गर्ने

draupadi film
मध्यान्ह
२०८२ वैशाख ५ गते १४:१६
गण्डकी सरकारले विपद् उद्धारका सामग्री एकद्वार प्रणालीमार्फत् हस्तान्तरण गर्ने

काठमाडौंः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्राकृतिक विपद्को उद्धारका लागि प्रदान गरिने सामग्री अब एकद्वार प्रणालीबाट हस्तान्तरण गर्ने बताएका छन् ।

शुक्रबार पोखरामा प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गण्डकी प्रदेश प्राकृतिक विपदको हिसावले जोखिम क्षेत्र भएकाले सम्भावित दुर्घटनाको आँकलन गरी उद्धारका कार्यहरु तयारी गर्नुपर्ने बताए ।

उनले विपद् उद्धारका लागि आवश्यक सामग्री वितरणका लागि गोदामघरले सहजता दिने बताए । गोदमघरमार्फत विपदका सामग्री एकद्वार प्रणालीबाट वितरण गर्दा उद्धारमा छिटो र सहज तरिकाले गर्न सकिने उनको भनाइ छ । उनले उद्धार कार्यमा सुरक्षा निकायको परिचालनका लागि आवश्यक सम्बोधन प्रदेश सरकारले गर्ने बताए ।

उनले भने, ‘उद्धार, प्रतिकार्य, उद्धारपछिका कार्यहरु गर्दाखेरि चाहिने जे जे सामानहरु छन् यस्लाई प्रदेश सरकारको मातहतबाट एकद्धार प्रणालीबाट हस्तान्तरण गर्न सहज हुनेछ । त्यस्तै हामीले आफ्नै पनि प्रदेश सरकारले गोदाम घर छुट्टै राखेकै थियो । अब यी सामानहरु र सरकार मातहत रहेका सामानहरु एकै ठाउँमा गोदामघरमा ल्याइसकेपछि यसलाई वितरण गर्न सहज हुनेछ । र दोहोरो पन पनि कम हुन्छ भन्ने लाग्दछ । गण्डकी प्रदेश  अलिकति जोखिमयुक्त प्रदेश नै हो विपदको दृष्टिकोणबाट । बाढी पहिरोको जोखिम हाम्रो प्रदेशमा अलिकति बढी नै छ । त्यसले गर्दा पनि समयमै यस्ता सामानहरु हस्तान्तरण गर्ने समयमै उद्धार गर्ने सहज हुने विश्वास लिएका छौँ । सुरक्षा निकायलाई परिचालन गर्न र समयमा नै सुरक्षा निकायको तर्फबाट विपद्लाई सम्बोधन गर्नसक्ने हिसावले केही सहयोग पनि हामीले गर्दै आइरहेका छौँ ।’

मुख्यमन्त्री पाण्डेले  विपद् उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको मागअनुसार सामग्री दिन नसके पनि सरकारले न्युनतम उद्धारका सामग्री दिँदै आएको बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise