२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु

draupadi film
मध्यान्ह
२०८२ वैशाख ६ गते १२:२३
भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु

काठमाडौंः नेपाल सरकारले आज शनिबार देखि भोलि आइतबारसम्म (वैशाख ६ र ७ गते) देशभरका बालबालिकाहरुलाई ७५३ वटै स्थानीय पालिका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेको छ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिना उमेर समुहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो।

यस कार्यक्रम अन्तर्गत देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ। यसैगरी १ देखि ५ वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने सरकारको लक्ष्य रहेको छ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन हुँदै छन्।

सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका लागि ०५० सालमा ८ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम  २०५९ देखि देशभरि नै लागू गरिएको हो । 

ADV

सम्बन्धित खबर

Advertise