२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

जिम्मेवारी तहमा पुगेकाहरु इमान्दार हुनुपर्छ : सभामुख

draupadi film
मध्यान्ह
२०८२ वैशाख ६ गते १२:५६
जिम्मेवारी तहमा पुगेकाहरु इमान्दार हुनुपर्छ : सभामुख

काठमाडौं: सभामुख देवराज घिमिरले कानुन कार्यान्वयनको सम्बन्धमा सांसदहरुले अध्ययन गर्ने आधार नभएको बताएका छन् । 

शनिबार राष्ट्रिय शासन शिखर सम्मेलन २०२५ कार्यक्रममा बोल्दै उनले बनेका कानुनको  प्रभावकारी कार्यान्वयनको लागि सांसदहरुले सोच्ने, बुझ्ने र अध्ययन गर्ने आधार नभएको बताएका हुन् ।  

उनले भने, ‘बनेको कानुनको कार्यान्वयन कसरी भईरहेका छन् भन्ने कुरा संसदले जति सांसद हुनुहुन्छ उहाँहरुलाई सरकारले कसरी काम गरिरहेको छ हामीले बनाएका कानुनहरु कार्यान्वयनमा कसरी गईरहेका छन् । त्यसमा सुधार गर्नुपर्ने जरुरी छ कि छैन । संशोधन गर्न जरुरी छ कि छैन । कानुनको प्रभावकारी कार्यान्वयनको लागि सरकारलाई कसरी निर्देशन गर्ने यतापट्टि सोच्ने बुझ्ने अध्ययन गर्ने आधार छैन । उहाँहरु जे काम गर्दै गइरहेको छ त्यसमा व्यस्तताका साथ काम गर्न परेको छ ।’ 

सभामुख घिमिरले जिम्मेवारी तहमा पुगेकाहरु इमान्दार हुनुपर्ने बताए । ‘जिम्मेवारी तहमा सुशाषन दिने दृढता हुनुपर्यो जिम्मेवारी तहमा इमान्दार हुनुपर्यो र त्यो गर्छु भन्ने प्रतिवद्धताको साथै समर्पणको पनि जरुरी हो,’ उनले भने । उनले पछाडि परेका समुदायलाई अगाडि बढाउन परिणाममुखी ढङगबाट काम गर्नुपर्ने बताए । 

‘समाजमा पछाडि परेको समाजलाई अगाडि बढाउने कुरा लामो प्रक्रिया हो । भन्नेबित्तिकै आउँदैन । कानुनी प्रवर्धनले मात्र पनि त्यो आवश्यकता पुरा गर्न सक्दैन । तर नीति बनाएर कार्यान्वयनमा लागेपछि कुन हदसम्म पछाडि पारिएका परेका वा दुर्गम क्षेत्रकाहरुलाई समावेश गर्ने कुरा कति भएको छ यसको समिक्षा गर्दा देखाउने कुरामा भइरहेको छ भन्दा पनि परिणाममुखी ढङगबाट जानुपर्छ,’ उनले भने । 
 

ADV

सम्बन्धित खबर

Advertise