२०८२ असार १ गते आइतवार / Jun 15 , 2025 , Sunday
२०८२ असार १ गते आइतवार
Ads

औद्योगिक महोत्सवमा स्थानीय हस्तकला प्रदर्शनी

मध्यान्ह
२०८२ वैशाख ७ गते ११:४६
औद्योगिक महोत्सवमा स्थानीय हस्तकला प्रदर्शनी

भक्तपुर : नयाँ वर्ष तथा बिस्केट जात्राका अवसरमा भक्तपुरको सल्लाघारी चौरमा आयोजना गरेको नवौँ भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/८२ मा एक लाख ७५ हजारले अवलोकन गरेका छन् ।

‘नयाँ वर्ष नयाँ सोच युवाहरूको लागि छ प्रगतिको स्रोत’ नाराका साथ औद्योगिक शान्ति नेपाल संस्थाले उपभोक्ताको हितमा ध्यान दिँदै गत चैत १८ गतेबाट सुरु गरेको ११ दिने महोत्सवमा एक लाख ७५ हजारभन्दा बढीले अवलोकन गरेको संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।

महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, भाँडाकुँडाका साथै विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको उनले बताए ।

औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, अटोमोबाइल प्रदर्शनी, आधुनिक कृषि औजार प्रदर्शनी, मोबाइल तथा इलेक्ट्रोनिक्स एवं स्थानीय हस्तकला, कृषि उत्पादनलाई सामानको व्यापार तथा प्रदर्शनी एवं बिक्रीका लागि प्रदर्शनी कक्षहरू राखिएको उनले जानकारी दिए ।

महोत्सवका संयोजक दीपक थापाले महोत्सवमा साना बालबालिकाका लागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौनास्थलका साथै रोटे पिङ, रेनजर, मारुती सर्कस, स्थानीय खाना महोत्सवका साथै दैनिक राष्ट्रिय कलाकारको विशेष साङ्गीतिक प्रस्तुतिले दर्शकलाई आकर्षित गरेको बताए । राष्ट्रियस्तरका कलाकारको हास्यव्यङ्य तथा फेसन र्याप तथा नृत्य, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षणका रूपमा रहेको उनले जानकारी दिए ।

महोत्सवमा एक सय ५० कक्षमा राखिएका सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको अध्यक्ष महतले जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर