काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन जना सांसदलाई सिंहदरबार भित्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार अध्यक्ष लिङ्देनसहितका सांसदहरूले सिंहदरबारभित्रै विरोध जनाएका थिए । सोही क्रममा अध्यक्ष लिङ्देनसँगै सांसदहरु बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अध्यक्षसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको लिङ्देनका स्वकीय सचिव चन्द्र कठायतले पुष्टि गरे । वर्तमान व्यवस्थाविरुद्ध बिजुलीबजार पुलमा प्रदर्शन गरिरहेका नेताहरु सिंहदरबार छिरेका थिए ।
साथै तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत उनीहरूको माग छ ।