२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

हाजिरी जमानीमा छुटे धवलशमशेर

draupadi film
मध्यान्ह
२०८२ वैशाख ७ गते २२:५०
हाजिरी जमानीमा छुटे धवलशमशेर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा हाजिरी जमानीमा छुटेका छन् । 

गत १५ चैतमा राजतन्त्रको पक्षमा तीनकुनेमा भएको आन्दोलनलाई हिंसात्मक बनाउन उकासेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । 

जिल्ला प्रहरी परिसर, काठमाडौंले आइतबार साँझ उनलाई हाजिरी जमानीमा छाडेको हो । स्वास्थ्यका कारण उनलाई हाजिरी जमानीमा छोड्न परिवारले निवेदन दिएको थियो । 

उनको पहिला क्यान्सरको शल्यक्रिया भएको र सोही ठाउँमा मासु पलाएको कारण उपचार आवश्यक भएकाले हाजिरी जमानीमा छोडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।  

स्वास्थ्य रिपोर्टसहितका अनुसार सरकारी वकिल कार्यालयबाट सहमति लिएर प्रहरीले उनलाई छाडेको हो । उनको बयान लिइसकेको छ । हाल छुटेपनि उनीविरुद्ध मुद्दा भने चल्नेछ । मुद्दा दायर हुने समयमा उपस्थित गराउने सर्तमा छाडिएको प्रहरीले जनाएको छ । 

उनीसँगै पक्राउ परेका राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र भने  प्रहरी हिरासतमै छन् । 

उनीहरुविरुद्ध संगठित अपराध र राज्यविरुद्धको कसुर मुद्दामा अनुसन्धान भइरहेको छ । आन्दोलनका नाइके दुर्गा प्रसाईंसहित ८० भन्दा बढीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले भने चैत १५ गते काठमाडौं तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई बिनाशर्त रिहाइको माग गर्दै  प्रदर्शन गर्दै आएको छ । 

ADV

सम्बन्धित खबर

Advertise