२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

सामाजिक अभियन्ता तमु सम्मानित

draupadi film
अन्जान गुभाजु
२०८२ वैशाख ७ गते २३:०१
सामाजिक अभियन्ता तमु सम्मानित

काठमाडौं : ‘जनचेतना समाज परिवर्तन नेपाल’को आठौं वार्षिक उत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा साउदी अरेबियाका प्रख्यात सामाजिक अभियन्ता तथा लालिगुराँस रेष्टुरेन्ट रियादका सञ्चालक याम तमुलाई सम्मान गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र क्याप्टेन विजय लामाले तमुलाई समाजसेवा, प्रवासी नेपालीहरूको हकहितमा गरेको निरन्तर योगदान र नेपाली समुदायलाई एकजुट राख्ने कार्यमा निर्वाह गरेको उल्लेखनीय भूमिकाको कदर गर्दै सम्मानपत्र प्रदान गरेका हुन् ।

‘जनचेतना समाज परिवर्तन नेपाल’की अध्यक्ष मुना निरौला त्रिपाठीको संयोजन र इन्द्रेणी परिवारको सक्रिय सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । 

सम्मान ग्रहण गरेपछि याम तमुले यो सम्मानलाई सम्पूर्ण प्रवासी नेपाली समाजप्रतिको सम्मानको रूपमा लिएको बताए । उनले आगामी दिनहरूमा पनि सामाजिक कार्यमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । 

उक्त कार्यक्रममा पूर्व आइजीपी सर्बेन्द्र खनाल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सिनियर डाक्टर पवन चालिसे, सामाजिक अभियन्ता आशिका तामाङ, बेवारिसे शव व्यवस्थापनमा सक्रिय समाजसेवी पूजा विश्वकर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री तथा सामाजिक अभियन्ता ज्वाला संग्रौला पनि सम्मानित भएका छन् । 

No description available.

ADV

सम्बन्धित खबर

Advertise