२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

पत्रकार मञ्चको सल्लाहकार समिति र विभाग गठन

draupadi film
मध्यान्ह
२०८२ वैशाख ८ गते १२:३४
पत्रकार मञ्चको सल्लाहकार समिति र विभाग गठन

काठमाडौं : नेपाल पत्रकार मञ्चको सातौं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । अध्यक्ष युवराज विद्रोहीको अध्यक्षतामा बसेको बैठकले संस्थाको सल्लाहकार समिति तथा विभिन्न विभाग गठन गरेको छ । 

बैठकले सल्लाहकार समितिमा रामकुमार अधिकारी, डा. सिर्जना थापा, डा. पियारत्न महर्जन र रघुनाथ त्रिपाठी (गृहनाथ)लाई मनोनयन गर्ने निर्णय गरेको छ । अनुभवी तथा विज्ञ व्यक्तिहरूको सुझावले संस्थालाई मार्गदर्शन गर्ने विश्वास मञ्चले लिएको छ ।

यसैगरी, मञ्चले कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न विभाग गठन गर्ने निर्णयसमेत गरेको छ । योजना निर्माण तथा अनुगमनका कामका लागि उपाध्यक्ष विमल थापाको संयोजकत्वमा महासचिव राजु भण्डारी र सचिव प्रितमसागर कर्माचार्य सम्मिलित योजना विभाग गठन गरिएको छ ।

यस्तै, संगठन सुदृढीकरण र सदस्य परिचालनलाई प्रभावकारी बनाउन महासचिव राजु भण्डारीकै संयोजकत्वमा सचिवद्वय प्रितमसागर कर्माचार्य, सन्तोष मिश्र, कमला नेपाल र कोषाध्यक्ष गीता थापा सदस्य रहने गरी संगठन विभाग गठन गरिएको छ ।

त्यस्तै, संस्थाको आर्थिक व्यवस्थापन तथा पारदर्शिता कायम गर्न कोषाध्यक्ष गीता थापाको संयोजकत्वमा प्रज्ज्वल थापा, श्यामबाबु आचार्य, सुशीला गौतम, केशवकुमार बस्नेत र अञ्जु श्रेष्ठ सदस्य रहने गरी आर्थिक विभाग गठन गरिएको छ ।

सञ्चार प्रवाह तथा सूचना व्यवस्थापनलाई सशक्त बनाउन सचिव सन्तोष मिश्रको संयोजकत्वमा टंककला तिमिल्सेना र मिलन थापा सदस्य रहने गरी सञ्चार विभाग पनि गठन गरिएको छ ।

उता, अनुशासनसम्बन्धी विषयमा मार्गदर्शन गर्न निवर्तमान उपाध्यक्ष चन्द्रमणि भट्टराईको संयोजकत्वमा अधिवक्ता गणेशकुमार शर्मा र सीतादेवी श्रेष्ठ सदस्य रहने गरी अनुशासन विभाग गठन गरिएको छ ।

बैठकले यी निर्णयमार्फत मञ्चको भावी योजना र कार्यशैलीको स्पष्ट संकेत दिएको छ । संरचनात्मक सुदृढीकरणसँगै मञ्चले पत्रकारिता क्षेत्रको हितमा अझ सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा लिइएको छ ।

बैठकमा कार्यसनितिका पदाधिकारीहरु, सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थिति रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise