२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव

shivam cement
२०८२ वैशाख ८ गते १५:२६
Shares
समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव

काठमाडौंः नेकपा एमालेका सांसद रघुजी पन्तले संसदीय समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव गरेका छन् । 

सोमबार सिंहदरबारमा प्रतिनिधिसभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको संघीय निजामती विधेयकबारे सहमति जुटाउन गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा बोल्दै उनले समितिको काम कारवाहीबारे गलत समाचार प्रकाशन प्रसारण भएको भन्दै प्रेसलाई समिति बैठकमा प्रवेश निषेध गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

उनले भने, ‘यहाँ मिस इन्फरमेसन हुन थाल्यो  । अब अर्को पटक कुन मुख्य सचिव आउँछ रु जसले यहाँ बोलेको कुराको फरक व्याख्या भएर बाहिर उसको विरोधमा नारा लाग्न थाल्छ । अनि कुन कर्मचारी आएर यहाँ बोल्छ, हामी जिम्मेवारी हुनुपर्दैन् रु त्यसैले अन्तर्राष्ट्रिय अभ्यास पनि हेरौं । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने पनि मिडियाई फुल हाउसमा मात्र प्रवेश हुन्छ । संसदीय समितिको फाइनल रिपोर्ट र निर्णयमात्र प्रेसलाई दिने हो ।’

उनले अन्तर्राष्ट्रिय अभ्यासहरू हेर्दा पनि समिति बैठको फाइनल रिपोर्ट मात्रै पत्रकारलाई दिने गरेको बताए । त्यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सेवा निवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखे ।

उनले अवकाशप्राप्त कर्मचारीले राजनीतिक नियुक्ति लिएर पनि सुविधा लिने, निवृत्तिभरण पनि लिने, ७० वर्ष पुगेपछि सामाजिक सुरक्षाभत्ता समेत लिने गरेको भन्दै अब दोहोरो सुविधा लिन नपाउने व्यवस्था गर्नुपर्ने बताए  ।

सम्बन्धित खबर