२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर २ जना बेपत्ता

draupadi film
मध्यान्ह
२०८२ वैशाख ८ गते १७:४०
सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर २ जना बेपत्ता

सुनसरीः सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर २ जना बेपत्ता भएका छन् । 

आज बिहान बराहक्षेत्र मन्दिरमा पूजा गर्न गएका यहाँको इटहरी उपमहानगरपालिका–१६ बालग्रामका १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोला नदीमा डुबेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले बराहक्षेत्र—१ क्षेत्रस्थित नदिमा दुवै जना डुबेर बेपत्ता भएको बताए ।

दुवै जना मामाभाञ्जा हुन् । भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि बचाउन जादा मामा पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । दुवै जनाको गोताखोरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी गरिरहेको प्रवक्ता खतिवडाले जानकारी दिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise