२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

अर्घाखाँचीको सन्धिखर्क-११ पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा 

draupadi film
सुर्य प्रसाद भुसाल
२०८२ वैशाख ८ गते २०:१०
अर्घाखाँचीको सन्धिखर्क-११ पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा 

अर्घाखाँची : सन्धिखर्क नगरपालिका वडा ११ पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको छ । प्रजनन् स्वास्थ्य समन्वय समितिको आयोजनामा सोमबार सन्धिखर्क नगरपालिका  वडा नम्बर ११ डिभर्ना  स्वास्थ्य चौकीलाई  पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको हो ।

वडा नम्बर ११ का अध्यक्ष चेतनारायण आचार्यको  अध्यक्षतामा भएको घोषणा कार्यक्रमको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले पूर्ण सरसफाइ, स्वस्थ खानेकुरा, स्वच्छ वातावरणले स्वस्थ रहन सकिने बताए । अबको सन्धिखर्क नगरपालिका भनेको पूर्ण सरसफाइ उन्मुख वडा, बालविवाहमुक्त वडा, धूम्रपान तथा मद्यापानलाई नियन्त्रण गर्ने वडाको रुपमा विकास गर्ने नगरप्रमुख श्रेष्ठले बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गर्नु ठूलो कुरा नभएर दिगोपना वडा घोषणा गर्नु अहिलेको आवश्यकता रहेको बताए । भुसालले  स्वास्थ्यकर्मीको निरन्तर प्रयास र विभिन्न राजनीतिक दलको समन्वय तथा जनप्रतिनिधिहरुको सहयोगले गर्दा पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गर्न सफल भएकोमा सबैलाई धन्यवाद दिए ।

सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्णप्रसाद पराजुलीले  क्रमिक रूपमा सन्धिखर्क नगरपालिकाका सबै वडा पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा हुने बताए  । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपाली, सन्धिखर्क नगरपालिका जनस्वास्थ्य निरीक्षक प्रकाश परियार लगायतले मन्तव्य राखेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise