२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

अन्योलमा कक्षा १२ को परीक्षा

draupadi film
२०८२ वैशाख ९ गते ०६:३५
अन्योलमा कक्षा १२ को परीक्षा

डोल्पा : यही ११ वैशाख देखि हुने कक्षा १२ को परीक्षा अन्योलमा परेको छ ।  राष्ट्रिय परीक्षा बोर्डले  परीक्षाको सम्पुर्ण तयारी पुरा भइसकेको बताएपनि मुलुकभरका शिक्षकहरू शिक्षा ऐनको माग गर्दै आन्दोलनमा केन्द्रित भएपछि परीक्षा हुने नहुने अन्योतला बढेको हो । 

शिक्षक आन्दोलनले नयाँ भर्ना अभियान र परीक्षाको तयारी समेत प्रभावित भएको छ । नयाँ शिक्षा ऐनमा सरुवा, बढुवा, सेवा सुविधा, दरबन्दी लगायतका २४ वटा माग समेट्न नेपाल शिक्षक महासंघका नेताहरूले सरकारलाई दबाब दिइरहेका छन् । आन्दोलनकै कारण प्राय सबै विद्यालयमा नियमित कक्षा सञ्चालन हुन सकेको छैन भने परिक्षा तयारी कक्षा पनि प्रभावित बनेका छन् ।

माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तर दिने तयारीमा शिक्षकहरू लाग्दैगर्दा  राष्ट्रिय परीक्षा बोर्डले भनेकै मितिमा परीक्षा सञ्चालन हुने अन्यौलकाबीच विद्यार्थीहरू पर्ख र हेरको अवस्थामा छन् । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा हुन्छ भन्ने सुचना निकालेपनि विद्यार्थी विश्वस्त हुने आधार छैन् । आन्दोलनको मारमा देशभर जस्तै डोल्पा पनि परेको छ । शिक्षा विकास तथा समन्वय एकाई कार्यालय डोल्पाका कार्यालय प्रमुख हर्षप्रसाद  चौलागाईका अनुसार वैशाख ११ गते सञ्चालन हुने कक्षा १२ को परीक्षामा हिमाली जिल्ला डोल्पाका  ०९ माध्यमिक विद्यालयका ४ वटा परीक्षा केन्द्रबाट नियमित र ग्रेडवृद्धि गरेर कुल ७३० जना परीक्षार्थीले परीक्षा दिनुुपर्ने छ । सरस्वती मावि दुनै केन्द्रमा आदर्श मावि जुफालका नियमित तर्फ ९५, ग्रेड वृद्धि तर्फ १७ जना, अरनिको मावि शहरताराका नियमित तर्फ ३५ जना गरी कुल १४९ जनाले परीक्षा दिनेछन् ।  

जनप्रभमा मावि लीकुमा परीक्षा केन्द्र रहेका सरस्वती मावि सुँका नियमित तर्फ २६ र ग्रेडवृद्धि तर्फ २ जना, अन्नपूर्ण मावि सर्मिका नियमित तर्फ ४९ र ग्रेडवृद्धि तर्फ१६ जना, कालिका माविका नियमित तर्फ ८१ र ग्रेडबृद्दी तर्फ २४ जना गरि कुल १९८ जनाले परीक्षा दिनेछन् । आदर्श मावि जुफाल केन्द्र रही सरस्वती मावि दुनैका नियमित तर्फ ६१ जना र ग्रेडबृद्दि तर्फ १६ जना, जनप्रभा मावि लीकुका नियमित तर्फ १४८ र ग्रेडवृद्धि तर्फ ३१ जना गरी २५६ जनाले परीक्षा दिनुुपर्ने शिक्षा विकास तथा समन्वय एकाई डोल्पाले जनाएको छ ।

त्यस्तै अन्नपूर्ण मावि सर्मि केन्द्रबाट त्रिपुरा मावि काईगाउँका नियमित तर्फ ७० र ग्रेडवृद्दी तर्फ ७ जना, मालिका मावि नर्कुका नियमित तर्फ ३८ र ग्रेडवृद्दि तर्फ १४ जना गरेर कुल १२९ जनाले परीक्षा दिँदै छन् । परीक्षा दिन आउन केही दिन बाँकी रहँदा टाढा टाढा देखि परीक्षार्थीहरु आफ्नो केन्द्र सम्म पुग्ने क्रम जारी रहेको छ । जनप्रभा मावि लीकु केन्द्र रही परीक्षा दिने अन्नपूर्ण मावि सर्मिकी दीपा सार्कीले आन्दोलनका कारण परीक्षा नहुने हल्ला सुनेको बताइन्। उनले भनिन् ‘परीक्षा सुरु हुन अब त केही दिन मात्रै बाँकी छ, शिक्षक आन्दोलनका कारण परीक्षा नहुने हल्ला सुनेको र परीक्षा दिन दुई दिन पैदल हिँडेर परीक्षा केन्द्रसम्म पुगेकी छु परीक्षा स्थगित भए दुःख मात्रै हुने छ ।’ परीक्षा अन्यौलताका विषयमा अभिभावकहरू पनि आफ्ना छोराछोरीको भविष्यप्रति चिन्तित देखिएका छन् । 

ADV

सम्बन्धित खबर

Advertise