२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

भारतीय विद्युत् मन्त्री नेपाल आइपुगे 

draupadi film
मध्यान्ह
२०८२ वैशाख ९ गते १०:३६
भारतीय विद्युत् मन्त्री नेपाल आइपुगे 

काठमाडौँ : भारतका विद्युत् आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मंगलवार नेपाल आइपुगेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी आज बिहान दुई दिने भ्रमणका लागि नेपाल आएका हुन् । गएको माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।

ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत् मन्त्री खट्टरले आज भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा-वसन्तपुर-बानेश्वर-तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी वसन्तपुर सबस्टेसन संयुक्त रूपमा सङ्खुवासभा तुम्लिङटार सब स्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

ADV

सम्बन्धित खबर

Advertise