२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

जलवायु परिवर्तनबाट हिमाली देशहरु बढी प्रभावित

draupadi film
मध्यान्ह
२०८२ वैशाख ९ गते १२:४९
जलवायु परिवर्तनबाट हिमाली देशहरु बढी प्रभावित

काठमाडौंः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनले हिमाली देशहरुमा धेरै नै असर पारेको बताएका छन् ।

‘साथसाथै’ नामक संस्थाले खुम्बु पासाङल्हामू गाउँपालिकामा आयोजना गरेको जलवायु परिवर्तन र यसले पारेका असर सम्बन्धी संवाद कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न सरकारले एनडिसी–३ निर्माण गरिरहेको बताए । 

उनले भने, ‘जलवायु परिवर्तनले हिमाली देशहरुमा धेरै नै असर पारेको छ । जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण र त्यसलाई अनुकरण गर्नका लागि सरकारले राष्ट्रिय निर्धारण जारी योगदान एनडिसी ३ अहिले तेस्रो बनाइरहेका छौं । यसले  सबै असरहरुलाई न्युनिकरण र अनुकरण गर्नेछ ।’

 साथै उनले वातावरण मन्त्रालयले एनडिसी ३।० सबै निकायहरुमा छलफल गरेर अगाडि बढाइसकेको बताए । सबैको राय, सुझाव, सल्लाह लिएर करिब करिब सगरमाथा संवादको शुभारम्भको दिनमा एनडिसी ३।० प्रकाशित गर्ने तयारी गरिएको बताए ।

उनले भने, ‘अहिले वन तथा वातावरण मन्त्रालयले एनडिसी ३।० जो बनाइरहेको छ यसमा सम्पूर्ण सबै सरोकारवाला र राय, सुझाव, सल्लाह लिएर सबै मन्त्रालयहरु र निकायहरुमा छलफल पनि अगाडि बढिसकेको छ । सगरमाथा संवादको शुभारम्भको दिनमा प्रकाशित गर्ने तयारी गरेका छौं ।’
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise