२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

draupadi film
मध्यान्ह
२०८२ वैशाख १० गते ०७:५४
आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

काठमाडौँ : आज विश्व प्रतिलिपि अधिकार दिवस। सन् १९९५ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को साधारण सभाले अप्रिल २३ मा यो दिवस मनाउने पहल गरेको थियो । 

यस दिवसको उद्देश्य पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्नु हो । यसले बौद्धिक सम्पत्ति सुरक्षाका लागि आवश्यक कानुन जानकारी र प्रतिलिपि अधिकारसम्बन्धी सचेतना फैलाउने अपेक्षा गरिन्छ ।

यो दिनले विश्व साहित्यमा ऐतिहासिक महत्त्व पनि राख्छ । यही मितिमा विश्व प्रसिद्ध लेखकहरू विलियम शेक्सपियर, इन्का गार्सिलासो दे ला भेगाको निधन भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise