एजेन्सी : कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको अर्थतन्त्रमा सुधार देखिएको छ । सोमबार चीनले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० चीनको कुल गार्हस्थ उत्पादन ‘जीडीपी’ मा दुई दशमलब तीन प्रतिशतले वृद्धि भएको छ ।
सन् २०२० को अन्तिम त्रैमासिकमा चिनियाँ अर्थतन्त्रमा निकै सुधार आएको देखिएको हो । सन् २०२० को अन्तिम त्रैमासिकमा चीनको जीडीपीमा ६ दशमलब ५ प्रतिशतले वृद्धि भएको हो ।
तेस्रो त्रैमासिकमा यो वृद्धिदर ४ दशमलब ९ प्रतिशत थियो । कोरोना महामारी र लकडाउनका बीच सन् २०२० को पहिलो तीन महिनामा चिनियाँ अर्थव्यवस्थामा ६ दशमलब ८ प्रतिशतसम्म गिरावट आएको थियो ।
ठूला अर्थतन्त्र भएका मुलुकमध्ये सुधार गर्ने देश चीन मात्रै भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । अमेरिका र भारतसँगको व्यापार विवाद र कोराना महामारीविच चीनले अर्थतन्त्रमा सुधार गरेको हो ।
सन् २०२० मा चीनले कुल ३२ दशमलब १६ ट्रिलियन युआन बराबरका विभिन्न सामान निर्यात गरेको छ । महामारीका बीच आपत्कालीन सहायतालाई बढाउँदै अर्थतन्त्रलाई लयमा फर्काउन चीन सफल भएको हो ।
चीनले पछिल्लो समय उल्लेख्य मात्रामा स्वास्थ्य सामग्री उत्पादन तथा निर्यात गरेको छ । सन् २०२१ मा चिनियाँ अर्थतन्त्र तीव्र गतिमा वृद्धि हुने आकलन गरिएको छ । चीन सन् २०२८ भित्रै विश्वकै शक्तिशाली अर्थतन्त्र हुने अनुमान गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies