२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

शिवालय गाउँपालिका–५ मा सार्वजनिक सुनुवाइ सम्पन्न

draupadi film
कुलेन्द्र शाही
२०८२ वैशाख १० गते १२:२८
शिवालय गाउँपालिका–५ मा सार्वजनिक सुनुवाइ सम्पन्न

जाजरकोट : जाजरकोटको शिवालय गाउँपालिका-५ मा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । मंगलबार शिवालय गाउँपालिका–५ थालारैकरस्थित वडा कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा वडा अध्यक्ष प्रमुख जवाफदेही वक्ता र वडा सचिव, स्वास्थ्य निकाय जवाफदेही वक्ताका रूपमा थिए । कार्यक्रममा वडाध्यक्ष गोपाले दमाईले चालू आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन भएका कामहरूको बारेमा वडावासीलाई जानकारी गराएका थिए । उनले वडा कार्यालयलाई प्राप्त बजेटको आधारमा भए गरेका उपलब्धिहरू सार्वजनिक सुनुवाइ कार्यक्रममा जानकारी गराएका थिए ।

उनले वडा कार्यालयलाई प्राप्त बजेटको उपयोग, सम्पन्न भएका योजनाहरू र भविष्यका योजनाबारे समेत धारणा राखे । सुनुवाइ कार्यक्रममा सहभागीहरुले वडाको सेवा प्रवाहमा ढिलाइ, पारदर्शिताको अभाव, तथा रोजगारी कार्यक्रममा आफन्तप्रतिको पक्षपातलगायत विभिन्न गुनासा राखे । विद्युत् विस्तारको विषयमा समेत प्रश्न उठाउँदै सहभागीहरूले वडा अध्यक्षले मिटर बक्स ल्याउने आश्वासन देखाउँदै जनताबाट उठाइएको रकम अनुसार हालसम्म मिटर बक्स नआएको भन्दै असन्तुष्टि जनाए । 

वडा सदस्य गौरु शाहीले वडामा गरिने निर्णयहरूमा सदस्यहरूको सहभागिता नहुने, रोजगारी कार्यक्रम अपारदर्शी हुने आरोप लगाए । यस्तै नेपाली कांग्रेस शिवालय गाउँपालिका कार्यसमिति सचिव कृष्ण बहादुर शाहीले वडामा केही परिवर्तन भएपनि देखिने खालका कुनै पनि काम नभएको दाबी गरे । उनले वडाको सेवा प्रवाह कछुवा गतिमा भएको टिप्पणी गरे । यस्तै वडा सचिव केशर बहादुर शाहीले वडामा कर्मचारीको अभाव हुँदा पनि आफूहरूले सेवा प्रवाह गरिरहेको बताए । 

सवालको जवाफ दिँदै वडाध्यक्ष दमाईले जनताको सुझावलाई प्राथमिकतामा राखेर आगामी नीति तथा बजेट निर्माण गरिने प्रतिबद्धता जनाए । उनले आफूहरबाट केही कमजोरीहरू भएको स्वीकार गर्दै सुधार गर्ने बताए । साथै विकास निर्माणमा सबै वडावासीको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा स्थानीय नागरिक समाज, बुद्धिजीवी, शिक्षक, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि गरी करिब ५० जनाको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिव शाहीले गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise