२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

चन्द्रागिरिद्वारा कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकालाई सहयोग

shivam cement
२०८२ वैशाख १० गते १२:३४
Shares
चन्द्रागिरिद्वारा कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकालाई सहयोग

काठमाडौं : चन्द्रागिरि नगरपालिकाले अन्तरपालिका सहकार्य कार्यक्रमअन्तर्गत आफ्ना तीन छिमेकी नगरपालिकालाई विभिन्न आयोजना कार्यान्वयन गर्न रु दश–दश लाख रकम उपलब्ध गराउने भएको छ । 

कीर्तिपुर नगरपालिकालाई कीर्तिपुर–४ स्थित थापागाउँ खरिबोट कुलो निर्माण गर्न चन्द्रागिरिले सो रकम उपलब्ध गराएको हो । गत असोज १०, ११ र १२ गतेको अविरल वर्षाबाट सो कुलो क्षति भएको जनाइएको छ । 

यसैगरी पिपलामोड–निशाकोट–डुडेभञ्ज्जाङ सडक स्तरोन्नति गर्न धुनिबेँसी नगरपालिकालाई चन्द्रागिरिले सो रकम उपलब्ध गराएको हो । चन्द्रागिरि–२ र धुनिबेँसी–९ को सिमानामा सो सडक रहेको छ । दक्षिणकाली नगरपालिका–८ स्थित टिमुरबोट–ओबी डाँडा–घङ्गेरी हुँदै फास्टट्रयाक जोड्ने मोटरबाटोका लागि चन्द्रागिरिले रु १० लाख उपलब्ध गराएको हो । 

चन्द्रागिरि नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकाका नगरप्रमुखसँग द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरे । सो अवसरमा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुईँटेल, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सुजनराज खनाल लगायत अन्य जननिर्वाचित प्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति थियो ।

सम्बन्धित खबर