काठमाडौंः १२ कक्षाको नयाँ परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार वैशाख २१ गतेदेखि हुने परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
यसअघि कक्षा १२ को परीक्षा ११ वैशाखको लागि तोकिएको थियो । तर शिक्षकहरुको आन्दोलनका कारण बोर्डले परीक्षाको तालिका परिवर्तन गरेको थियो ।