२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

Nada
२०८२ वैशाख १० गते १८:१२
Shares
दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

काठमाडौंः यहाँको तारकेश्वर नगरपालिका–५ मुड्खु चेकपोष्ट नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । 

ncell

बा ५७ प ६१६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका–३ मुड्खु बस्ने काठमाडौं सिनामङ्गल घर भएका २९ वर्षीय सुरज हुमागाईँको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिल बोहराका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बोहराको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारका क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर