२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सामाजिक रूपान्तरणमा अध्यक्ष नेपालको जोड

Nada
२०८२ वैशाख ११ गते १०:४६
Shares
सामाजिक रूपान्तरणमा अध्यक्ष नेपालको जोड

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राष्ट्रिय पुँजीको विकास गरी उद्योगका माध्यमबाट जनताको आर्थिक तथा सामाजिक रूपान्तरण गर्नुपर्ने बताएका छन् ।

ncell

लोकतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नै आर्थिक विकासका माध्यमबाट सामाजिक रूपान्तरण गर्न सकिने बताएका छन् । 

निरङ्कुशता कदापि स्वीकार्य नहुने बताउँदै अध्यक्ष नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा सबै वर्ग, जाति समुदाय, धर्मावलम्बीलाई सामाजिक न्याय, समानता, राजनीतिक तथा आर्थिक अधिकार स्थापित गराउन सहज हुने सन्देशमा उल्लेख गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर