२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

टर्कीद्वारा आईएस संदिग्ध २१० जना पक्राउ

shivam cement
२०८२ वैशाख १३ गते १०:४८
Shares
टर्कीद्वारा आईएस संदिग्ध २१० जना पक्राउ

काठमाडौंः टर्कीका गृहमन्त्री अली येर्लिकायाले टर्कीका सुरक्षा बलहरूले हालैका राष्ट्रव्यापी कारबाहीहरूमा इस्लामिक स्टेट (आईएस) सँग सम्बन्ध रहेको आशंकामा २१० जना व्यक्तिहरूलाई पक्राउ गरेको बताएका छन् ।

अंकारा र इस्तानबुलसहित ४९ प्रान्तहरूमा विगत दुई हप्तामा यी कारबाहीहरू सञ्चालन गरिएको थियो । आतंकवाद विरुद्ध एकता, ऐक्यवद्धता र सहयोग आफूहरुको सबैभन्दा ठूलो शक्ति भएको बताए ।

टर्की सरकारले २०१३ मा आईएसलाई आतंकवादी संगठनको रूपमा तोकेको थियो । टर्की प्रहरीले देशभर यसका सदस्यहरू विरुद्ध नियमित रूपमा आतंकवाद विरोधी कारबाहीहरू सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित खबर