२०८२ वैशाख १४ गते आइतवार / Apr 27 , 2025 , Sunday
२०८२ वैशाख १४ गते आइतवार
Ads

साउदीमा राधिका र अर्जुनले धमाका दिने

अन्जान गुभाजु
२०८२ वैशाख १३ गते २०:३९
साउदीमा राधिका र अर्जुनले धमाका दिने

दमाम (साउदी अरब) : चर्चित गायिका राधिका हमाल र गायक अर्जुन सापकोटा साउदी अरब आउने भएका छन् ।

उनीहरू अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज, साउदीको ७ औँ वार्षिकोत्सवको अवसरमा सांस्कृतिक प्रस्तुति दिने समाजका अध्यक्ष मोहन घर्तीले जानकारी दिए । कार्यक्रममा साउदी अरबमा सक्रिय स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहनेछ ।

‘नेपाली कला संस्कृतिको प्रवद्र्धन, बालबालिकालाई सहयोग हाम्रो अभियान’ भन्ने नाराका साथ रोल्पाली सेवा समाज, साउदी अरबको आयोजनामा जुन ६मा दमामस्थित फाइभ स्टार हलमा समाजको ७ औंं वार्षिकोत्सव भव्य रूपमा मनाइने भएको छ ।

वार्षिकोत्सवको अवसरमा हुने विशेष सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरूसँगै साउदी अरबमा रहेका सक्रिय स्थानीय कलाकारहरूको पनि विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा नेपाली कला, संस्कृति र लोकधुनसँगै झुम्ने अवसर प्रदान गरिने छ भने त्यस अवसरमा विपन्न बालबालिकाको सहयोगार्थ विशेष अपिल गरिने पनि अध्यक्ष घर्तीले बताए ।

ADV

सम्बन्धित खबर