२०८३ कार्तिक २३ गते सोमवार / Nov 09 , 2026 , Monday
२०८३ कार्तिक २३ गते सोमवार

एक आल्हाद वसन्तको

Nada
बसन्त नकर्मी सुवह
२०८३ कार्तिक २३ गते १३:३५
Shares
एक आल्हाद वसन्तको

ए ! वसन्त 
तिमी प्रेमले फुल्छौ 
र त 
मलाई फूल मनपर्छ ।

तिम्रो सुभाष
स्निग्ध– सुगन्धका लहरहरू
उस्तै छ सजिएको–
बिर्सिएको छैन 

तिमीले गरेको चुम्बन
अँगालोमा 
न्यानो गरी कस्सिएर बेरेपछि
म निको भएँ
मेरा घाउले आल्हाद गाए ।

तिम्रो मुस्कान देखेपछि 
बिर्सेँ
सारा पीडा 
जीवन्त बनेँ
तिम्रै लालीमा रङ्गिएर 

जिन्दगीलाई
बल्ल थाहा भयो 
उन्मुक्त हाँसोको मूल्य !

सुखम् दुःखम्
मुटु निचोरेर गाला मेरो रङगाई रह्यौ
गढेका घाउ सिएर 
आयु मेरो सिङ्गारी रह्यौ

मलाई 
अझै सम्झना छ,
तिमी घामपानी, हुरिबताससित जुधिरहेको
असिना पसिना हुँदै 
घामले डामेका दुःखहरूसित 
हाँसिरह्यौ
फुलिरह्यौ युगौँयुग  !

ए मेरी जननी– म तिम्रै जगतवृक्ष हुँ 

मेरो सर्वाधिक प्रिय फूल
म साक्षी 
तिम्रो महिमागानको !
मलाई नारी र फूल उस्तैउस्तै लाग्छ ।

शंखधरचोक ,थिमि भक्तपुर 
९८४१– ३५३५८५

laxmi recruitement

सम्बन्धित खबर