काठमाडौं : यामाहा नेपालले काठमाडौं उपत्यकाकामा एक्सचेन्ज अफर घोषणा गरेको छ । कम्पनीले आइतबारदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरूमहरूमा यो आकर्षक अफर लागू हुने जनाएको छ ।
यामाहा ब्लू फेस्टको भव्य सफलतापछि पुनः ग्राहकहरूलाई उत्साह र नविन अवसर दिन कम्पनीले एक्सचेन्ज योजना ल्याएको हो । यो सीमित अवधिको अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना दुईपांग्रे सवारी साधनमा न्यूनतम २५ हजार रुपैयाँको भ्यालुएसन प्राप्त गर्न सकिने जनाइएको छ । साथै, थप १० हजार रुपैयाँ अतिरिक्त भ्यालुएसनको सुविधा पनि प्रदान गरिनेछ ।
ग्राहकहरूले धरौटी बिना नै सजिलो फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् भने केवल ७.९९ प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा नयाँ यामाहा सवारी साधन किन्न सक्नेछन् । साथै, अफर अवधिभर एक लाख रुपैयाँसम्मको निश्चित छुट तथा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोट्र्स ब्याग र बाइक कभर जस्ता आकर्षक निःशुल्क एसेसरिजहरू समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।