काठमाडौं : हिमालयन बैंकले बैंकको बत्तीसपुतली शाखा स्थानान्तरण गरेको छ । बैंकको बत्तीसपुतली वडा नं ९ स्थित राम मन्दिर जाने बाटोसँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट बैशाख १४ गतेदेखि बत्तीसपुतली शाखाकै नामबाट बैंकिङ सेवा सञ्चालन गरेको हो ।
शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गरेका थिए । बैंकले देशभर १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २८४ एटिएम, ८ हजारभन्दा बढी पस टर्मिनल र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।