२०८२ वैशाख १५ गते सोमवार / Apr 28 , 2025 , Monday
२०८२ वैशाख १५ गते सोमवार
Ads

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

मध्यान्ह
२०८२ वैशाख १५ गते १६:२६
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ५३ अंकले घटेर दुई हजार ६४७ दशमलव ७ विन्दुमा कायम भएको हो ।

आज ३२७ कम्पनीको दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर ७६ हजार ९९८ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड २८ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह एक दशमलव ४० र व्यापार समूह शून्य दशमलव ४२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लगानी समूहको उपसूचक दुई दशमलव १४ प्रतिशतले घटेको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर